काठमाडौवाट १५ कि.मी दुरीमा अवस्थित सुन्दर डांडा जुन केवल कारको उपस्थितिले हाल चर्चाको शिखरमा छ। केवल कार चढ्ने यात्राको शुरुवाट् देखि अन्त्य सम्मको यात्रा एउता बन्द महल भित्र सकिन्छ, जहाँ मन्दिर, पसल, रेष्टुरा, पार्क, खेल मैदान आदि सम्पुर्णको व्यवस्था छ।यात्रा चार धाम वा यात्रा जोडी धाम, यी दुई बुंदामा विश्लेषण गर्ने यो मेरो प्रयास हो।
चार धाम – दशैंको समयमा गएकोले होला अधिकाम्स मानिस सपरिवारनै आएका। टिकट लिने ठाँउमा प्रतेक व्यक्तिले ५-१५ वटा सम्म टिकट लिदै थिए। केवल कार चढ्नेको लाइन र आउनेहरुको जमघट देख्दा कुनै मेलामा आएको आभास हुन्थ्यो। वच्चा देखि वुढा बुढीसम्मको उपस्थिति र महलको रौनकले वातावरण रमणिय देखिन्थ्यो। ८ जना चढ्न मिल्ने केवल कारमा आ-आफ्नो ईच्छा अनुसार बसि महलको यात्रा सुरु हुन्छ। केवल कारको यात्रा पछि चन्द्रागीरी डांडामा पुगे पछि मेरो ध्यान रेनकोट, छाता किन्ने पसलमा गएर अड्कियो। डांडा माथिको मौसम चिसो छ, यहाँको मौसम छिन छिनमा परिवर्तन हुन्छ, हुसु लाग्ने, पानी पर्ने। ढलान गरिएको वाटोलाई पछ्याउदै गएपछि महादेवको मन्दिरमा पुग्छ। आस्था अनुरुप आएका आधि मानिस मन्दिरको वरपर घुम्ने, टिका लाउने, फोटो लिने कार्यक्रम देख्दा कुनै धार्मिक स्थलमा आएको आभास हुन्थ्यो। “दाई तपाँइहरुको परिवारको फोटो खिच्ने हो ?” फ्रेम सहित परिवारको फोटो देखाउदै एउता सुन्दर महिला मोहक मुस्कानको बहार भर्दै सोधिन्। थाइलाण्ड, चारधाम जाँदा मात्रै देखिने यो अनौठो दृष्यले अचम्मित बनायो। साना नानीहरु संग खेल्दै समय गएको पट्टै भएन, भोक लागि सकेछ। ब्यागमा भएको चाउचाउ खाउँ भनि निकाले, “दाई याहाँ खान मिल्दैन” गार्ड कडक भइ भन्यो। अर्काको ठाँउमा भनेको मान्नै पर्यो, पेट भर्नलाई रेष्टुरा तिर लागे। महंगो पनि कति महंगो १ली पानीको १०० रुपैया। यो दृष्यले शहरको QFX को सम्झना दिलायो, दशैंमा शहरको माहोलवाट पर भाग्ने मेरो यो प्रयास बिफल भएको अनुभुतिले निराश भई यो बन्द महलको यात्रा टुंग्याउने निर्णयमा पुगे। लामो लाइनमा बसि यो चिसो रमणिय ठाँउमा सास फर्दा नगरकोटको सम्झना ताजा भयो।
जोडी धाम – जोडीका लागि एकान्त अत्यन्त प्यारो हुन्छ। त्यसैका लागि पार्क, QFX सिनेमा हल शहारमा जोडीको रोजाइमा पर्छ। युवा मादकताको अवस्थामा बन्द महल जस्तो प्यारो कुनै ठाँउ हुदैन। जोडीले चाहने एकान्त यहाँ दिउसो पाउन गारो हुन्छ। त्यसका लागि बिहान चाँधै केवल कार चढ्ने र रमणिय वातावरण सहितको आन्नद ऊठाउने मौका छ। १-२ धण्टाको समय पछि केवल कारको यात्रामा केवल कार खाली हुन्छ। खाली केवल कारमा युगल जोडी र रमणिय वातावरण, यो भन्दा राम्रो परस्थिति जोडीको लागि के होला…? ५-१० मिनेटको यो यात्रा मात्रैले पनि सम्पुर्ण यात्राको मुल्य अशुल हुने मेरो गणितले भन्छ।