«

»

Mar 17

कुन क्यामेरा किन्दा ठिक ?

camera-types1हामी सवैसंग क्यामेरा छन् मोबाइलमा, ट्याबलेटमा,ल्यापटपमा…..। आजको बिषय यि क्यामेरा भन्दा पनि फोटोमात्रै खिच्ने क्यमेराका बिषयमा हो। यसको अर्थ मोवाइलका क्यामेरा राम्रो छैनन् भन्ने पक्कै होइन। राम्रो प्रकाशमा आजभोलिका राम्रा मोवाइलका क्यामेराले पनि राम्रो फोटो खिच्छन् र मोबाइलमा राम्रै देखिन्छ तर ति फोटोहरुलाई धुलाएर हेर्नुहोस र आफै फरक हेर्नुहोस्। मोवाइल क्यमेराका फोटो फेसवुक तथा अन्य सोशियल मिडियामा राख्न बनाइएका हुन।
मेरो नजरमा हामी संग क्यामेराका निम्न विकल्पहरु छन्।
१. point and shoot: प्राय सवैसंग हुने सानो क्यामेरा, बटन थिच्यो फोटो खिव्यो।
२. Semi-professional: Point and shoot भन्दा अलि ठूलो तर लेन्स फेर्न नमिल्ने।
३. Crop sensor DSLR: Semi-professional क्यामेरा जस्तै तर लेन्स फेर्न मिल्ने।
४. Full frame DSLR:  Crop sensor DSLR क्यामेरा जस्तै तर यसको सेन्सर नेगेटिभ फिल्मको साइज बराबर हुने।
५. Medium frame DSLR:  Crop sensor DSLR क्यामेरा जस्तै तर यसको सेन्सर नेगेटिभ फिल्मको साइज भन्दा ठूलो हुने।
बिकल्प १ देखि ५ सम्म जाँदा क्यमेराको आकार पनि ठूलो र मुूल्य महँगो पनि हुदै जान्छ। ठुलो र महँगो हुदैमा क्यामेराले राम्रो फोटो खिच्छ भन्ने होइन। यहाँ सोच्नु पर्ने विषय के हो भने तपाँइको आवश्यकता के हो? तपाँइलाई फोटोग्राफिको ज्ञान कति छ? राम्रो फोटोग्राफरले राम्रो ठूलो क्यामेरा बोक्छ भन्दैमा तपाँइले पनि किन्नु पर्छ भन्ने छैन।
फोटो राम्रो क्यामेराले भन्दा पनि प्रकाशले बनाउछ। फोटो वस्तु परक तथा र त्यसका व्यक्तिहरुको हाउभाउले फोटो राम्रो वनाउँछ। मोबाइलको क्यामेराले पनि राम्रो प्रकाशमा राम्रो फोटो खिच्छ। फोटो खिच्न ३ वटा कुराले महात्वपुर्ण भुमिका खेल्छ।
१. ISO: क्यामेरा सेन्सरको बिशेषता।
२. Aperture: लेन्सबाट प्रकाश छिर्ने प्वाल।
३. Shutter speed: क्यामेराले कति समय सम्म प्रकाशलाई सेन्सरसम्म छिर्न दिन्छ।
Aperture लेन्समा निर्भर हुने र एउटा राम्रो लेन्स लाखौ पर्छ। Shutter speed हरेक क्यामेरामा उस्तै हुन्छ। यसकारण क्यामेरा किन्दा त्यसको ISO कति राम्रो छ हेर्नु पर्ने हुन्छ। मेरो अनुभले ISO 3200 सम्म राम्रो फोटो खिच्ने क्यामेरा किन्नु बुध्दिमानी हुुन्छ। क्यामेरा किन्दा १-२ फ्लास किन्न म सल्लाह दिन्छु।
Pin It

Leave a Reply

Your email address will not be published. Required fields are marked *