सामाजिक संजालको ईतिहास धेरै लामो छैन। कुनै समयमा सामान्य घटनाहरु नाम चलेका संचार माध्यमको रोजाईमा नपर्दा ति घटनाहरु छाँयामा पर्थे। समाजिक संजालले हरेक प्रयोगकर्तालाई पत्रकार र सामाजिक संजाल आफैमा एउटा बिशाल संचार माध्यम भएको तथ्य कसैवाट लुकेको छैन। सामाजिक संजालमा जसले पनि सुचना लेख्न सक्ने र आफ्ना ईष्ट मित्रहरुलाई तुरुन्तै सुचना प्रवाह गर्ने सुविधाका कारण हरेक वर्गका मानिस यसको नशामा चुर्लुम्म दुवे का छन्। यो आधुनिक जमानाको नशा हो जसको तलतल हरेक सेकेन्ड सेकेन्डमा लाग्छ। सामाजिक संजालको यो सुविधालाई विभिन्न थरीले बिभिन्न तरिकाले प्रयोगमा ल्याए। कसैले मिथ्या समाचार प्रेशन गर्न, कसैले रचनात्मक तथा ज्ञान गुणका कुरा प्रेशन गर्न, कसैले बिग्यापन गर्न…. आदि ईत्यदि। रचनात्मक बुद्धि अपनाएर प्रयोग कर्ताले सामाजिक संजालवाट मोटो रकम कमाएको तत्थ कसैवाट लुकेको छैन न त Facebook को व्यापार शाखावाटनै। Facebook आफुले लगानी गरेको सामाजिक संजालवाट धेरै भन्दा धेरै कमाउन चाहन्छ। यो उसको व्यापार निति हो जुन सोभाविक छ।
सामाजिक संजालवाट कमाउने भनेको विग्यापननै हो, यो Facebook ले राम्ररी वुझेको छ। व्यक्ति परक विग्यापन गर्ने सामाजिक संजालको विषेशता हो। चुनावमा मतदातालाई भोट माग्ने देखि पार पाचुके भएका जोडिलाई नयाँ साथी खोज्नसम्म सामाजिक संजालले सजिलो पारेको छ। व्यक्तिगत तथ्यको पोको हो यो सामाजिक संजाल। हमिलाई हाम्रै तथ्यका आधारमा विग्यापन वेचेर सामाजिक संजाल धनी हुन्छ। आधुनिक जमानाको नशामा दुवेकालाई न त यो थाहा छ वा यसले केहि असर पर्दैन। Facebook आफ्नो सामाजिक संजालवाट कसैलाई पनि आर्थिक फाइदा नहोस् भन्ने सोचवाट ग्रसित हुदै छ। सामाजिक संजालवाट धेरै भन्दा धेरै कमाउने दाउमा छ। सामाजिक संजालमा सुचना प्रवाहमा रोक लगाइ प्रयोग कर्तालाई विग्यापन गर्न प्रेरित गर्दै छ। आफ्ना ईष्ट मित्रहरुलाई मनको कुरा तथा सुचना प्रवाह गर्ने सामाजिक संजालको सुन्दरतामा Facebook को कु दृष्टि परेको छ। यदि आफ्नो मनको कुरा सवै ईष्ट मित्रहरुलाई सुनाउने मन छ भने तपाइले ३ डलर तिरेर ईष्ट मित्र सहित अन्यलाई पनि सुनाउन सकिन्छ। Facebook ले हरेक प्रयोग कर्तालाई व्यापारीका दृष्टिले हेर्दै छ, हो हामी सवै व्यापारी हौ, भावनाका व्यापारी।