गाँउमास्याल कराउनु र बाख्रा हरउनु संयोग भनेझै मोदी नेपाल आउनु र लोडसेडिङबढ्नुको संयोग मात्र होला र? हिजो राति अनियमित लोडसेडिङ भइराख्दा मनमनैसोच्दै रहें। बिधुत सम्झौता हुने समाचार र कान्तिपुर टेलिभिजनको विष्लेशनहेरिरहदा यो संयोग/षदयन्त्रमा मन बिचलित भइरह्यो। समय समयाम भुतानको कुराआइराख्दा भुतानको इतिहास केलाउन मन लाग्यो।
सन् २००८ मा ६० प्रतिशतऋण र ४० प्रतिशत अनुदान दिएर भारतले १२०० मेगावाटको पुनातसंछु १ आयोजनाकोनिर्माण सुरु गर्यो। सन् २०१२ मा निर्माणकार्य सुरु भएका पुनातसंछु २ (९९०मेगावाट) र मंगदेछु (७२० मेगावाट) आयोजनाका लागि भारतले ३० प्रतिशतमात्रअनुदान दिएको छ र ७० प्रतिशत ऋण। ब्याजदर बढाएर ११ प्रतिशत पुर्याएको छ।विश्वबैंक लगायत अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुले दिने १.५ देखि २.५प्रतिशत ब्याजदरसम्मको सहुलियत ऋणभन्दा धेरै महंगो हो भारतीय दर। तर, यसवापत भारतले भुटानलाई भने १५ प्रतिशत बिजुली अनुदानमा दिने गर्छ। भारतलेऋण र अनुदान दिएवापत भुटानसँग यी आयोजनाबाट प्रतियुनिट २ रुपैयाँ ५० पैसाभारुमा बिजुली किन्ने सम्झौता गरेको छ। २०१४ अप्रिलमा भुटानले २१२० मेगावाटबराबरका थप ४ वटा योजना बनाउने सहमति भारतसँग गरेको छ।
कुरोको मुल चुरो भनेको नेपाल भारतको व्यापार घाटा ने हो।
भारतसंग व्यापार घाटाः
- आयातः ५ खर्ब ४९ अर्ब ६२ करोड ८८ लाख रुपैया
- निर्यातः ६९ अर्ब ३० करोड रुपैया
- घाटाः ४ खर्ब ८० अर्ब ३२ करोड ८८ लाख रुपैया
यसहिसावले नेपालले भारतलाई १००० हजार मेगावाट बराबरको बिजुली भारतमा निर्यातगर्नु पर्ने हुन्छ। जलविद्युतसम्बन्धी पी.एच.डी. को थेसिसमा पहिलो पटकसैद्धान्तिक रूपमा नेपालमा ८३ हजार मेगावाट जलविद्युत क्षमता रहेको कुराअगाडि सारेका छ। यस अर्थमा बिजुलीले मात्र व्यापार घाटा हटाउन नसक्नेअवस्था छ।
नेपालको वार्षिक बजेतः
- ५ खर्ब १७ अर्ब रुपैयाँ
- विकास बजेटको झन्डै ५० प्रतिशत रकम आर्थिक वर्षको अन्तिम तीन महिनामा खर्च हुन्छ
- ३ नाकाबाट ४ अर्बका ढुंगा, गिट्टी निकासी
- ४ सय अर्बभन्दा धेरै रेमिट्यान्स
वर्षकोसाढेचार लाख युवा रोजगारीका लागि विदेश जान्छन्। ४ सय अर्बभन्दा धेरैरेमिट्यान्स आउँछ। त्यो पैसा या त अनुपात्दक भएर बैंकमा थुप्रिएको छ याउपभोग्य बस्तुका लागि फेरि विदेशिन्छ। दस हजार मेगावाट निर्यात गरेर ४ सयअर्बको रेमिट्यान्समा थप ५० र ६० अर्ब थप्नु हाम्रो प्राथमिकता हो कि दसहजार मेगावाट बिजुली उत्पादन गरेर राष्ट्रिय उद्योग र अर्थतन्त्रलाई गतिदिनु