दिन भरको थकाइले लखतरान भएर डेरा पुगेँ । आजको दिन धेरै चेर्को भयो । जब जब काममा चाप पर्छ, चर्को पर्छ, त्यती त्यती आफुतिर प्रश्न बज्रन थाल्छन् । अनि विभिन्न कुराको सोचतर्फ धकेलिन्छु । यस्तै सोचमा आज म कल्पनाको बहसमा रहेको क्षमताले सोच्न सक्ने स्वर्गीय आनन्द, अवर्णनीय सुख र शान्तिको दीर्घकालीन खोजीतर्फ केन्द्रित उक्त बहशको पहिलो पङ्तीमा भने अरु कुनै नभै, मसंग सामान्य परिचित, “ग्रस नेसनल हेप्पिनेस्” थियो । बेलुकीको साढे सात बजेको थियो । सोफामा लमतन्न ढल्की, मनमा कुरा खेलाउँदै, अफ्नैतर्क आफैं काट्दै, एक प्रकारले व्यस्त थिएँ । छिट्टै म उल्लेखित विषयमा डुब्न पुगेँ – ग्रस नेसनल हेप्निनेस् (GNH), सुख र शान्तिको दिर्गकालीन खोजीतर्फ । त्यसो त शान्तिका प्रतिक, आस्थाको केन्द्रका रुपमा परिचित गौतम बुद्धकहाँ सोध्न पुगेँछु । बुद्धले भने, आफ्नु शृस्टीको सुरुवात जहाँबाट भयो त्यहीँबाट सुख खोज्न शुरु गर । स्वर्गवाणी भएको महसुश भयो ।
सुख यहीँ छ । म सुखको नजिक छु तर प्राप्त हुन सकिरहेको छैन । धैर्यताले हताशपनालाई ठाउँ दिन थाल्यो । म आत्तिन थालेँ, आफैँमाथिको बहस गुमेको अभाष भयो । यस प्रकारले सुखको ढोकामा कतै नपुगिने सङ्केत भयो । पुन: गौतम बुद्धका शरणमा पुगेँ र सम्पूर्ण बयान गरेँ । बुद्धको जरी चडेको बेला परेछ क्यार । प्रश्नमाथि प्रश्न बज्रे । सुखको उपज, अर्थ, र परिभाषाप्रतिको प्रवचन बुद्धले सुरू गरे । उनी भन्छन्- सुख खोज्ने बस्तु होइन, सुख प्राप्त गर्ने हो । सुख र शन्तिको चयन गर्न मान्छेको जन्मले मात्र पुग्दैन । दरवारका कुत्ताले गाउँका सेठले कल्पना गर्न बाँकी भएको सयलमा सुत्छन् । त्यसैले कहाँको जन्म, कसको कोख, कुन संस्कारमा होमिन पुग्यो, यस्ता विषयले निर्णायक भूमिका खेल्छन् । उनले भने, म पो राजाको छोरो थिएँ । ममा केहीको कमी थिएन, न त कुनै जिम्मेवारी नै थियो । मेरो खोजी आनन्दकोसट्टा महाअनन्दको थियो । दरवार बहिरको जीवन बुझ्नु थियो । त्यसैले दरवारबाट रुखमुनी ध्यान गर्न पुगेँ । राजाको छोरो थिएँ, अरुले मेरो त्यागलाई दाग लगाउन सकेनन् ।
सेठभन्दा भरियाको मनमा शान्ति छ । यतिखेर भरिया र सेठ भने सुनकोश नदीको किनारामा रहेको चौतारासम्म पुगिसकेका छन् । सेठले भने, “हे भरिया, चौतारामा ढाकर अडेश लगा । एक छिन पुलमाथि गएर शित्तल हावा खाउँ ।झोलुङ्गे पुलका बीचमा एउटा सुनको फाली थियो । भरिया अघिअघि अनि सेठ पछिपछि, झोलुङ्गे पुलमाथि हिँड्दै, चिसो हावाको मोज लिन्थे । एक्कासी भरियाले भने, “सेठजी कती आनन्द यहाँ । आँखा चिम्लेर हिँड्दा त झन् स्वर्गीय आनन्द । अहा ! कति मिठो, कति कोमल, कति शित्तल” भन्दै भरिया सुनको फाली नाघी अघि बढे ।
सुख धनीले प्राप्त गर्दैनन्, दु:खीकालागि सम्पति होइन । सुख र शान्ति कसकालागि, सम्पति गरिबले प्राप्त गर्ने बस्तु किन नहुने? सायद् हाम्रो देशमा पनि, गरिबी बढी भएको कारणले होला, सम्पति र गरिब विपरित ध्रुव भएका कारणले होला, जी.एन्.एच्. को लहर चलेको । जी.एन्.एच्. एक बिकसित सोच, एक धार अनि गम्भीरताको संकेत हो । तर एक हार्ने धावा यहाँ विद्यमान छ । आवाज नै आवाजको यहाँ जीत भैरहेको छ । यहाँ एक बिरोधको चित्कार गुन्जन्छ ।