«

»

Feb 03

नशाको मनोबिज्ञान

नशा आहा! यो शब्द कति मोहक छ; मस्ती, उन्मात र बेहोशी। धेरै दिन देखि यस बिषयमा लेख्न खोज्दै थिएँ तर जब जब नशाका बारेमा कलम चलाउन थाल्थेँ तब तब मेरो लेख्ने नशा सिथिल हुँदै जन्थ्यो। बस्तुपरक हुनकै लागि पनि नशा सेवन गरियो तर प्रत्यक्ष नशाको अवस्थामा भावनाहरुको वहावलाई कहिले पनि समेत्न सकिन।

नशामा यस्तो के छ? जसले किशोर किशोरी देखि महा कवि लक्ष्मी प्रसाद देवकोटा सम्मलाई पनि आकर्शित गर्‍यो।

सुरु सुरुमा प्रत्यक्ष नशा मात्र हुन्छ भन्ने लग्थ्यो तर पछी गएर अप्रत्यक्ष नशाका चासो बढ्न थाल्यो। नशा झोलको, नशा धुवाँको, नशा किताबको, नशा प्रेमको, नशा खेलको, नशा ईन्टरनेटको, नशा Facebook को; उफ! नशा अनन्त बस्तु र भावनाहरुको।

मानिसलाई नशाले किन आकर्शित गर्दछ त? किन?

जवाफ आजभोलिको, जवाफ Facebook का Status हरुको।

  • आजको दिन रमाइलो छ, त्यसैले!
  • आज जाडो छ, मौसमले च्यालेन्ज गर्‍यो, त्यसैले!
  • आज शिवरात्री, शिवजीका प्रसाद, त्यसैले!
  • आज लास्टै बोर भईयो, त्यसैले!
  • Tragedy पर्‍यो, त्यसैले!

आजभोलि नेपालमा डुवुल्की लगाउन पानी छैन; वागमती फोहर छ, फेवा ताल टाढा पर्छ, समुद्र नेपलमा छैन, घरमै सुमिङ् पुल बनाउँ धारमा पानी आउँदैन। त्यसैले हामी मितव्ययिता अपनाउँदै एक बोतल पानीको सहारामा भावनाको समुद्रमा पौडी खेल्छौ। कोही समस्याको समाधान गर्न नसक्दा आफ्नै स्वप्न संसारमा डुब्न नशा सेवन गर्दछन् त कोही भावनावाट आजित भई नशा सेवन गर्दछन्। के नशालाई भावनाको पर्दा भन्नु त? जसमा जुस्तो सुकै चलचित्र हेर्न मिल्छ। मदहोसी\बिहोसी वा अवचेतन उक्त अवस्थामा भावनाको पर्दामा व्यक्तिको व्यक्तित्व झल्किन्छ।

साबधान!!!!!

अत्याधिक नशाले पर्दानै मैलो हुन नपाओस् …..

क्रमश ………..

Pin It

Leave a Reply

Your email address will not be published. Required fields are marked *