बर्ष २०११ को अन्त्य र २०१२ को सुरुवात संगै पोखरामा बिताएक पलहरु सान्चेर सोमबार बिहानै बल्खुमा म र सुधिर पुग्यों। सधैंझैं उ उसको मित्रता निभाउदै चिसो बिहानिमा मलाई बल्खु छोड्न आएको थियो।
यहाँ संयोग, दुर्भाग्य वा सौभाग्य, जे भएपनी १२ बजे सम्म कुनै पनि गाडी नपाईने जानकारी पायोँ। अब १२ बजे बीरगन्ज जाउँ ५:३० म मात्रै अफिस पुग्ने र कुनै पनि हालतमा हाजिर गर्न नसकिने निस्चित थियो। कठोर् मनले अर्को साथीलाई बाईकमा जाने बेवस्था मिलाएँ.
“के भयो?” आमले फोन गरी सोध्नु भयो।
अनायास आएको यो फोन, यती चादै आमाले कसरी थाहा पाएं?
एकै छिन तोलाएँ र द्रीध नीस्चयका साथ बीरगन्ज जाने योजना बनाई घर फर्किएँ कारण घरमा बाईकको बिल बुक थियो। बल्खु देखी घर सम्म जाँदा मेरो मनले मलाई केही भन्न खोजेको महसुस गरें। तर के? मनको यो लाटो संकेतलाई कसरी बुझ्ने?
यस प्रबिधिले युक्त समाजमा बिलासी जीबन बिताउने बनी पेरिसकेकाले प्रतछ्य आवाज सुन्न गाह्रो मान्ने यो समयमा मनको आवाज सुन्न कसलाई फुर्सद हुनु, टेलिफोन, रेडियो, ईन्टरनेतका बानी परिसकेका हमिहरुलाई। मोबाईलको प्रबिधी infrared, Blue tooth हुँदै wifi बाट एक आपसमा संपर्क गर्ने प्रबिधी हाल आएर android beam र NFC ( Near Field Communication) सम्म आई पुगिसक्यो।
प्रचीन् समयमा ॠषिमुनीहरुले बिना कुनै प्रबिधी कोसौँ पर सम्म समपर्क स्थापना गर्थे रे। समय संगै मनिसले त्यो बिलछ्यण प्रतिभा बिर्सदै गयो। आज त्यो अद्रिस्य सक्तिले मलाई अलमल्ल परेको छ।
जब दुई ब्यक्तीका बिचार (तरँग) एक आपसमा तरङित (Resonance) हुन्छ, तब ति दुई बिच प्रतछ्य संपर्क हुनु जरुरी हुँदैन। आज यो मैले प्रतछ्य महसुस गरेको मात्रै हो, यस्ता घटना बिगत १ महिना देखी महसुस गर्दै छुं।
सुरु सुरुमा मनको बेचेनी छातीको भारिपन् मेरो जिबन सैली, खान पिनले गर्दा होला भन्ने लग्थ्यो। तर मेरो मन तरङित भएको महसुस कहिले गरिन। अनजानिमा म त FFC (Far Field Communication) गर्न पो थालेछुँ कि क्या हो?
यो प्रश्नको उतर मसँग छैन।
यो छ्यमता बरदान हो कि अभिसाप यो म कसरी भनु? तर यस्तो परिस्थितिको समाना म सधैं गरी राख्न चाहन्न।
निबारण के त?
मेरो मनले भन्छ संपर्क बिहिन…………..


