«

»

Jan 10

भौतिक सुन्यबाद

अज्ञानता जीबनको अध्यारो हो भन्छन् भने ज्ञानको प्रकाश त महसागर हो। यस भौतिक संसारमा एकाकार ( Single Pointedness ) बिचारधारले समग्र जीबन सन्चालन असम्भव प्राय: छ। दूर दृष्‍टि, फराकिलो बिचारधारा र बहुमुखी चरित्र यस अनित्य संसारमा बाँच्न चाहिने पुर्बाधार हून्। यस कस म कस भगदौधमा सुन्यता ( Emptyness ) कहाँ पाउनु?   एकात्मकताले आत्मा त सन्तुस्त होला तर यस भौतिक शरीर त बिलासमय छ, जसले सुबिधा खोज्छ।

यस भौतिक संसारमा मनिसले नचाहिदा नचाहदै एकलिन्छ। भाग दौधमा एक्लो महसुस गर्दछ। यो नै भौतिक एकात्मकता त होइन? अथवा यो एकात्मकताको नकारात्मक स्वरुप मात्रै हो।

त्यसो  भए एकात्मकता  के हो त?

धर्म ग्रन्थहरुमा एकात्मकता देखि सुन्यताको तह छुत्याएको छ। जसमा नियमबद्ध प्रकृया ( सिल) द्वारा कठोर् तप (समाधी) पछी ज्ञानको ज्योति (प्रज्ञा) प्राप्त हुन्छ। जसका लागि एकात्मक चित्त महत्वपूर्ण हुन्छ। एकात्मक चित्त बाट ज्ञानाको प्रकाश प्राप्त पस्चात, एकात्मक चित्तबाट सुन्यता तिर लाग्छ। यस सैधान्तिक तथ्यले सुन्यता प्राप्त गर्ने बाटो देखाउन त सक्छ। तर सुन्यताको स्वरुप र स्वाद के कस्तो भन्न स्वएम लाग्नु पर्छ।

जब मनिस एक्लिन्छ अनेक अन्तरङमा भाबनाहरु केलाउन थाल्छ, अन्तमा भाब सुन्य अवस्था गएर अन्त्य हुन्छ। के यो नै एकात्मक बाट प्राप्त हुने सुन्यता हो त? के यसलाई आधुनिक सुन्यबाद भन्नु अतिउक्ती होला त? यहाँ सोचनिय बिषय त ग्रन्थले दिएको मार्गमा उ हिंडेको छ, एकात्मक चित्तले भाबनाहरु केलाएर अन्त्यमा सुन्य अवस्था।

मनिस जब रिसाउन्छ र रिसको आगोमा जब एकात्मक भएर तधपिन्छ र एकलिन्छ, अन्त्यमा भाब सुन्य अवस्थामा बिलिन हुन्छ। यहाँ उक्त ब्यक्ती एकात्मकता बाट सुन्यता र सुन्यता बाट पिडामा रुपन्तरित हुन्छ।

आधुनिक जीबनमा सुन्यताको पारिभासा फरक फरक हुनसक्ला, सैधान्तिक सुन्यता सुखको प्रतिक होला तर आधुनिक सुन्यबाद दु:खको प्रतिक म देख्दछु।

Pin It

Leave a Reply

Your email address will not be published. Required fields are marked *