त्यस गाउँ लाई छोडेर यात्रा पुन: थालनी भयो। अबको यात्रा रोमान्चकका साथै डर लाग्दो पनि थियो। अब हामीहरुले खोलाहरु तर्नु पर्ने र अधिकाम्स बाटो खेतहरुका मलिलो माटोमा थियो।
बस्ती भएको ठाउँमा बाटो साघुरो र गाईबस्तु बाटैमा हुन्थे प्राय:। बस्तीमा भएका मानिस आ-आफ्ना कामहरुमा ब्यस्त थिए। उनिहरुको आनुहारमा दु:ख, पिडा पटकै थिएन, सबै खुशीनै देखिन्थे। मानिस बिलाशिताले सुखी हुन सक्दैन, भौतिक सम्पनताले भन्दा पनि सन्तुष्टि र मानसिक शान्तिनै रहेछ जीबनको आधार।
यि सब कुराहरुमा बिचार मग्न अवस्थामा ड्राइभर एक्कासी करायो।
” यहाँ त खोला छ सर, के गरु? ”
खोला खासै गहिरो थिएन र त्राक्टर पनि त्यही बाटो गएकोले मलाई जाउँ भन्न कुनै गाह्रो भएन। पहिलो खोला त सानो थियो, सजिलै पार गरियो। त्यतिकैमा ठेकेदार भन्न थाले,
” बोलेरो ( महिन्द्रा कम्पनीको गाडी ) हो, किन डराउनु टि वी को बिज्ञापनमा त यो भन्दा कत्रो ठुल्ल ठुलो नदी तरेको देखाउछन यो त जाबो…”
ठेकेदारले ड्राइभरलाई उक्साउदै थियो र ड्राइभर पनि जोसका साथ गाडी चलाऊदै गयो। जोसमा अरु २ खोला पनि सजिलै तरियो। यहाँ खोला र बाटोको जतिलताको संघर्ष संगै मेरो मानसिक संघर्ष पनि उत्तिकै बेगले बढ्दै थियो। यत्रामा तनाब स्वाभाबिक हो शरीर थाक्छ तर मेरो मानसिक द्वन्ध उतकर्ष बिन्दुमा थियो। घरी घरी मैले लेखेको स्तम्भ ” मनको आवाज ” मेरो सामु पहाडको रुपमा मेरो सामु आउँथ्यो र त्यसलाई पन्छाउंदै म मेरो यात्रा तय गर्न खोज्थे। प्राय: मेरो यात्राका साथी उपन्यास हुने गर्छ र उपन्यासका पात्रहरु संगै दुब्दै यात्रा गर्ने मेरो बानी हो। त्यसैले आज बीना कुनै उपन्यास मेरा अतितले मेरो गाडी पछ्याउदै थियो। जति जोरले हाम्रो गाडी गुडथ्यो उतिनै जोरले भावनाहरु पनि। यस चुनौटीका सामुन्य यात्राको चुनौटी ठुलो महसुस भएन।
” सर यो खोला त ठुलो छ ” ड्राइभर करायो।
मैले केही भन्नु भन्दा अगाडि ठेकेदार करायो ” खोला गहिरो छैन, स्तेरिङ घुमाउनुस र आक्सिलेटर दबाएर जोरले जाउँ। बुलेरो हो, कत्रो पहाडको उकालो त उक्लिन्छ यो जाबो खोला त के? ”
त्यहाँको द्रिष्य मोहक थियो, संगै बांसको पुल र लह लहाउँदा खेतहरु। म अोर्लेर पुलमा जान के लागेको थिएँ, ड्राइभरले ठत्योली आवाजमा भन्यो ।
” सर म एक्लै यो खोलामा जान्न, सर पनि यो गाडीमा बस्नुहोस, मरे बाँचे संगै, होईन सर? ”
सबै गलल हस्योँ र डरो छातीले खोलामा गाडी हुइक्याइयो। आबै! खोलाको पानी गाडीको अगाडिको सिसा सम्म आयो र केही अंश पानी म बसेको अगाडिको सीट सम्म आई जुत्ता भिजायो। पानीको चिसो स्पर्शले मेरो सव भाव पाखालिए र म भावनाको निद्रावाट यात्राको यथार्थमा अवतरित भएँ। सोचें यस्तो खतरा किन मोल्नु पर्यो? के जुन प्रयोजनका लागि जांदै छौं, त्यसका लागि यति धेरै जोखिम मोल्नु उपयुक्त हो त? यो प्रश्नको उतर खोज्दा सम्म हामी बर्दिबास – जलेश्वर – राजमार्गमा पुगिसकेका थियौ।
” सर यहाँवाट सीदा गए जनकपुर पुगिन्छ,उतरतिर गए बर्दिवास पुगिन्छ र दक्षिणतिर गए जलेश्वर। के गरुँ? ” ड्राइभरले भन्यो ।
बर्दिवास जाउँ बन्द छ, जलेश्वर जाउँ ३०।३० साठि किलोमिटर जनकपुर टाढा पर्छ र सिधा जाउँ फेरी के आफत आई पर्ने हो।
मैले मेरो मनको आवाजलाई साक्षी राखि निर्णय दिएँ।
तर निर्दयी समयले हामीलाई फेरी चुनौती दिएरै छोड्यो।
क्रमश:
बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग १)
बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग २)


