आझै हो नियुक्ति पत्र लिई बिधिबत रुपमा जागिर खाएको, कति चाँधै १ बर्ष पुगी सकेछ, मेरो तराईको बसाई। तराईले मलाई धेरै कुर सिकाएको छ, त्यो भन्दा बढी यसले दिएको पिडाले कठोर पनि।
आजको यत्राका नाएक म र सहायक भूमिकामा १ द्राईभर, १ सहायक र १ ठेकेदार छन। हामी सबै बिहान ८ बजे बीरगन्जबाट जनकपुरतिर लाग्योँ। द्राईभर बोलिराख्नु पर्ने र सधैं कुरा घुमाएर एउता नेता सम्म लाने र नेताको मज्जाले तारिफ गर्ने। गर्न पनि किन नगरोस आखिर उसैको कृपा दृष्टिले पाएको जागीर। बफादारीता यस्तै थोरैमा बाँकी छ शायद। खयर कुरै कुरामा हामी गौसाला पुग्योँ। कठमान्डुको होइन महोत्तरीको जिल्लाको, नामले पनि कति झुक्याउने?
आफ्नो नाप जाँच गरे पछी राजमार्गतिर जानै के लागेका थियौँ,
“बर्दिबास बन्द छ सर”, द्राइभरले भन्यो।
“अब के गर्ने त?” मैले द्राइभर सँग सोधें ।
“गौसालाबाट हुलाकी मार्ग हुँदै जनकपुर जान सकिन्छ” मेरो कुर नसकिदै थेकेदारले भन्यो।
थेकेदारलाई जसरी पनि जनकपुर जानु पर्ने र आफ्नो कामको नाप जांच गरी रकम भुक्तानी लिनु थियो। मैले मेरो सहायकलाई सोधें,
“अब के गर्ने”
” जाँउ सर के भयो र?”
मेरो सहायक जलेश्वरको थियो र उ पनि जनकपुर पुगेपछी घर जाने योजना बनाउदै थियो। यहाँ निर्णय मेरो हातमा थियो।
अब के गर्ने ?
त्यतिकैमा द्राइभरले भन्यो,
” उक्त हुलाकी बाटोमा धेरै खोलाहरु पर्छन, जहाँ पुल छैन। बीरगन्ज फकिउं”
दोधार मानसिकताले बीरगन्ज निर्देशानालयका सवारी साखा प्रमुखलाई फोन गरी हाम्रो अवस्था अवगत गराइ हुलाकी मार्ग जाने प्रस्ताबलाई स्वीकृत गराएँ। यस निर्णयमा द्राइभर छोडेर सबै खुशी भए। अबको हाम्रो यात्रा दुर्गम तराइ ईलाका, जंगल र खोलाहरुको थियो। हुलाकी मार्ग समसीपुर, बीस फित्ता, लोथरपुर हुँदै जनकपुर।
बाटो अधिकाम्स कची र कही कही ग्राभल गरिएको तर फराकिलो थियो। ग्रामीण छेत्रमा यस्तो चौडा बाटो अचम्म, कथामान्डुको साघुरो बाटो हिंडेको म, भीड भाड, कोलाहलयुक्त बातावरणबाट आज म धुलोयुक्त र खुला चौडा तर शान्त बातावरणको यात्रामा थिएँ। बाटो भरी मनिस भन्दा बैल गाडाहरु बढी देखिन्थ्यो। बैल गाडाहरु र फाट्ट फुट्ट घना बस्तीहरुलाई उछिन्दै अगाडि बढ्यो हाम्रो यात्रा ।
त्यस मध्यको एउटा गाउँले मेरो ध्यानाकर्शन गर्यो। घरहरु सबै छाप्रो तर घरको छतमा एन्तिना थियो। गाउँको एउटा बिध्यालयबाट फर्किरहेका एक हुल बिध्यार्थीमा महिला बिध्यार्थीको संख्या धेरै थियो। हामीले जाने बुझेको नेपालमा महिला साक्षारता कम हुनु पर्ने यहाँ त्यसको ठिक उल्टो द्रिष्य हेर्न पाइयो। के मदेश आन्दोलनले नै यो सब परिवर्तन गरेको हो त?
तर वास्तबिकता डर लाग्दो थियो। दुर्गम क्षेत्रमा यातायातको सुबिधा नभए पनि त्यहाँ चिल्लो मोटर साइकल चलाई राखेको देख्दा झन अच्चमित भइयो। गाडी देखि मोटर साइकल सवै बिहरमा रजिस्टर गरिएका। जग्गाको मोल कत्थाको ५० लाख अरे। त्यो अच्चम्मको ठाउँमा द्रिष्य दुर्गम, संस्कार ग्रामीण भएपनि त्यहाँका मानिस धनी छन् भन्ने ठम्याउन मलाई गाह्रो परेन। हरेक घरका लोग्ने मनिस कामदारको रुपमा कि बिदेश गाका छन्, कि त छिमेकी भारत। किन हो किन आज मलाई भारतलाई बिदेश भन्न मन लागि राखेको छैन। यो ठाउँमा म मेरो देश नेपाल होइन भारतको गाउँ देख्दै छु। बिचारमग्न हुँदै चिया खान होटेलतिर लाग्यौं। लोकल चिनिबरी ( रसबरी जस्तै ) पनि चाखियो। अन्त्यमा चियाको पैसा दिदा उसले हिसाब गरेको रकममा १.६ ले गुणा गरेर पैसा लियो, किनकी हामीले नेपाली नोट दिएका थियौं। यो अचम्मको गाउँको नाम मेरो मनसपातलमा कोरियो “समसीपुर” नेपालको महोत्तरी जिल्लाको एक अच्चम्मको गाउँ।
त्यस गाउँ लाई छोडेर यात्रा पुन: थालनी भयो। अबको यात्रा रोमान्चकका साथै डर लाग्दो पनि थियो। अब हामीहरुले खोलाहरु तर्नु पर्ने र अधिकाम्स बाटो खेतहरुका मलिलो माटोमा थियो।
क्रमश ……..
बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग १)
बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग २)



3 comments
prativa Karki
January 22, 2012 at 8:43 am (UTC 0) Link to this comment
Samsipur!!! nice to read about dat indian influenced nepali village…….
KiM
January 22, 2012 at 11:31 am (UTC 0) Link to this comment
Thank you.
Prativa ji
KiM
January 22, 2012 at 11:30 am (UTC 0) Link to this comment
The adventure of strike and vehicle will be uncovered in next post.
बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग २)