«

»

Jan 24

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग ३)

Resource Management ले optimization र अफिसले पनि optimization को पाठ पढाएकोले सिधा जाने नै उपयुक्त डेख्योँ र लाग्योँ लोथर पत्ती तिर। अब म वास्तबिकताको धरातलमा टेकेर यात्रा प्रारम्भ: गर्दै थिए। मेरा आँखा बाटो र यात्राको अवस्थामा केन्द्रित हुन पुग्यो। अव अर्को खोला आए के गर्ने भन्ने चिन्ताले सताउन थाल्यो। मोबाइल निकाली Google Map हेर्न थालें, अझ २ खोला वाकी थियो। नभन्दै लोथर पत्तीको खोला हाम्रो सामु थियो। यस पटक ड्राइभर केही नबोली चुप बस्यो। गाडी रोक्न लगाई मैले मेरो सहायक र ठेकेदारलाई खोलाको निरीक्षण गर्न पठाएँ। त्यतिकैमा बीरगन्ज निर्देशनालयवाट फोन आयो, मैले हाम्रो अवस्था अवगत गराएँ। सम्पूर्ण यात्राको जिम्मेवारी तपाईंको भन्ने जवाफ प्राप्त भयो। मलाई Spider Man फिल्म को एउटा सम्वाद याद आयो ” with great power comes great responsibility ”

मैले ड्राइभर सँग सल्लाह लिएँ। “मैले त पहिले नै यो वाटो न जाउँ भानेकै हो। बर्दिबास खोले पछी राजमार्ग हुँदै अरु कुनै दिन गए पनि हुन्थ्यो। म त ड्राइभर हुँ सर, तपाईं भन्नु हुन्छ भने यो खोलामा पनि गाडी लगिदिन्छु।” ड्राइभर गम्भिर हुँदै भन्यो।

समस्या ठुलो थिएन तर उक्त परस्थितीको सामना गर्न हामीले हिम्मत जुटाउन सकिराखेको थिएन। निरिक्षण पस्चात मैले मेरो सहायकलाई सोधें “तपाईं के भन्नु हुन्छ ? खोला तर्न सकिएला?”

कसैले पनि चित्त बुझ्दो जवाफ दिन सकेन। जनकपुरमा कामको लागि आएको काम नसकी फर्कने कुरै भएन। त्यस पछी जनकपुर जाने लामो बाटो जलेश्वरलाई हामीले छनौट गर्‍योँ। यस निर्णयमा मेरो सहायक धेरै प्रशन्न देखिन्थ्यो। जलेश्वरको बाटो राजमार्ग भएकोले बाटो त्यती अप्थ्यारो थिएन। जलेश्वर पुगेपछी जलेश्वर महादेवको दर्शन गरी सिता नगरी जनकपुर तिर लाग्योँ। साँझतिर जनकपुरमा हामी वास बस्यों। फुर्सद मिलाएर यात्राका तिता मिठा पलहरुलाई आफ्नो दायरीमा भर्न थालें।

नयाँ बिहानी र नयाँ जोसका साथ अर्को दिनलाई हामीले सहर्ष अंगाल्योँ। आज हाम्रो यात्रा जनकपुर नगरीको दुर्गम गाउँहरुको थियो। यात्रा नेपालका प्रथम राष्ट्रपति डा. राम वरण यादवका गृह जिल्ला धनुषाको सवैला, यदुकुवा, तिनकोरियाको; यात्रा दुर्गम यादव (यदु वंश) नगरीको। यात्राको शुरुवाट श्री धनुष मन्दिर, श्री रामद्वारा धनुष भाँचि माता सितालाई श्वयम्बर गरेको पवित्र स्थलवाट उत्साहका साथ भयो। बाटो कठिन, ट्राक्टरले बनाएका ठुल ठुला खाल्डो भएको मलिलो माटोमा थियो। प्रविधिकको जागिर, यस्तै समस्या सँग जुध्न रहरले पढेको। त्यतिकैमा मेरो दृष्‍टि एक हुल केटा केटीहरुमा गएर अड्कियो। तिनिहरु भैँसि माथि चढि पोखरीमा खेल्दै नुहाँउदै थिए। स्वतन्त्र, निशफिक्री र वालसुलभ, त्यो क्षणले मलाई मेरो अधुरो वाल्यकाल लेख लेख्न प्रेरणा दियो। वाल्य कालमा कुकुर र बाख्रा चढेको सम्झी मेरो मुहारमा मन्द मुस्कान प्रस्फुतित भयो।

जिस्काउँदै मेरो सहायकले भने “अधिर जाति (भैँसि चाढ्ने जाति)”। अफिसमा यादवहरुको वाहुल्यता थियो र शायद वर्तमान समयमा देशको प्रमुख शक्ति पनि। यात्रा हाम्रा नेता मातृका यादवको जन्म स्थलवाट हुँदै अगाडि बढ्यो। त्यतिकैमा ड्राइभर करायो ” सर यहाँ त बाटोको बिचमा कुलो खनेको छ। ”

शहरमा पानीको पाईप राख्न सडक खानेको माथिवाट मोटर साइकल, गाडी गएको अनुवभका आधारमा मैले ड्राइभर भने ” केही हुँदैन, गाडी गई हाल्छ, जाउँ”

तर मेरो यो निर्णय गलत भयो। मलिलो माटो र पानीले भित्र भित्रै मलिलो माटो काटेकाले हाम्रो गाडीको एक चक्का कुलोमा ढस्यो। लौ अव सब अोर्लिऔं र लगाउँ धक्का ले के राम नाम। ड्राइभरले कोदालोले माटो काट्यो र रिभर्स गियरमा धक्का लगाई गाडीको उद्धार गरियो। “हे भगवान अब कुनै अर्को adventure चाँहिन्न हाम्रो यात्रामा” मैले मन मनै प्रर्थना गरे। फलस्वरुप यात्रामा कुनै रुकावत आएन तर केही क्षणका लागि।

मनुष्यको कर्ममा लेखेको भोग्नै पर्छ, यदि कुनै समयमा आफुले गर्नु पर्ने कर्मलाई ठाटी राखियो भने उक्त परिस्थिती पछी फेरी आउँछ तर फरक स्वरुपमा। यो तथ्यबाट हामी अछुटो रहन सकेनौ।

क्रमश:

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग १)

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग २)

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग ३)

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग ४)

Pin It

Leave a Reply

Your email address will not be published. Required fields are marked *