«

»

Jan 27

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग ४)

जनकपुर नगरीको बारेमा के लेखुँ, बीरगन्ज आई धेरै सोचें।

जनकपुर, रेल चढ्न पाईने शहर।

जनकपुर, सिता माताको जन्म भुमी।

जनकपुर, महँगो शहर।

के महँगो शहर?

जनकपुरमा हरेक चिज अन्य जिल्लामा भन्दा महँगो र जिल्ला दर रेट पनि, मैले खाने पान पनि। यहाँ काम गर्ने ज्यामिहरु पाउन गाह्रो छ र पाईए पनि १०-५ काम गर्छन्। समयका पक्का, न एक छिन् धिला न एक छिन् कम।

यस एतिहाँसिक धार्मिक नगरीमा घरै पिछे राम छन, जो कर्तब्य परायन भई सिता सहित बनबास(शहरको) गएका छन। हुने खाने परिवारका रामहरु प्राय: बल्यकालमा शिक्षाका लागि र योवन अवस्थामा जागिरका लागि बनवास गएका छन। जनकपुर नगरीका राम उच्च सरकारी ओहदा देखी नेताहरुमा महा महिम राष्ट्रपती सम्म छन, बनबास गएकैले ति सव आध्यत्मिक चिन्तनमा लागेका छन वा भनौ आफ्नै चिन्तनमा। जनकपुर नगरिमा राम भन्दा पनि रावणको आवश्यकता म देख्छु। जसले साम, दाम, दण्ड, भेद द्वारा आफ्नो जीवन आफ्नो जन्म क्षेत्रका सुरक्षा र सम्रिद्धीका लागि अर्पन गरे। रावण ज्ञानी, बिध्द्वान, कुटनितिग्यका साथै प्राबिधिक ज्ञानले युक्त, जसले स्वर्ग जाने सिढीको दिजाईन गरे।

आफु जन्मेको माटोमा बिरुवा हुर्काउनु अगाडि त्यो माटोलाई चिन्न जरुरी हुन्छ। यसअर्थ एक मदेस एक प्रदेस नारामा मात्र सिमित गर्नु भन्दा बनवास गएका हरेक रामले आफ्नो क्षेत्रको बिकास चाहे ईन्द्रका बाउ चन्द्रेले पनि यस ग्रामीण क्षेत्रको बिकास रोक्न न सक्ने म देख्दछु।

काम सकीए पछी बिरगन्ज कसरी जाने भन्ने चिन्ताले सताउँन थाल्यो। मेरो सहायक आफ्नो घर जलेश्वर तिर लाग्यो तर हामीलाई त पुग्न पर्ने बिरगन्ज। कुनै पनि हालतमा पहिलेको हुलाकी मार्गको बाटो न जाने अठोटका साथ जनकपुरमै ५ बजे सम्म बितायोँ। सुन्दर जानकी मन्दिर र विवाह मन्दिरको द्रिष्यावलोकन गरी समय कतायोँ।

बर्दिबास १०-५ बन्द थियो। कारण उक्त गा बि सका बासिन्दाको माग, गा बि समा यातायातको साहायक कार्यालयको स्थापना। भएको के थियो भने मन्त्री स्तरिय निर्णयले बर्दिबासमा सहायक कार्यालय खोल्ने निर्णय गर्‍यो तर जनकपुर बासिहरुले जनकपुर बन्द गरी निर्णय फिर्ता गर्न लगाए। अब पालो बर्दिबासको थियो, उनीहरु पनि के कम। बर्दिबास  राजमार्गमै पर्ने र सिन्धुली जान्ने नाका पनि।

जनकपुरबाट बर्दिबास १ घण्टाको बाटो, त्यसैले ५ बजे जनकपुरबाट हामी निस्कियोँ। जनकपुरबाट के निस्किएकै थियोँ, ” पेट्रोलको मुल्य ब्रिध्दि फिर्ता गर !!!” नरा लगाउदै जनकपुरको मुख्य सडकमा विद्यार्थी समुहले चक्का जाम गरे। हुन पनि ढाड नै सेकिने गरी पेट्रोलको मुल्य बढाएको, लिटरमा १०। अब ११५ लिटर पर्ने पेट्रोलले कसरी मोटर साइकल चढ्ने। सबैले प्र.म बाबुराम भट्टराईलाई गाली गर्दै देखिन्थे तर यसको मुख्य जड नेपाल आयल निगम र विश्व बजारमा मुल्य ब्रिध्दि सँग कसैको सरोकार रहेको देखिएन।

संगैको एक प्रहरीले म बसेको ठाउँमा सिसाबाट भित्र छिर्दै भन्यो- ” भाई जाम यहाँ एक ठाउमा मात्रै हो, फर्किएर गल्ली हुँदै अगाडि जानुस्”

सधन्यबाद सहित हामी गल्लीबाट हुँदै फेरी राजमार्गको बाटोमा लाग्योँ। उफ! अब त यात्रामा के हि नभैदिए हुन्थ्यो।

झिसमिसे अध्यारोमा बर्दिबास पुग्योँ र हाम्रो गाडीलाई पनि अरु गाडीसँगै लाइन लगायोँ। बन्द गर्ने युवाहरु १०-५ को ड्युटी सक्काएर हिंड्नै लागेका थिए। एक टुक्रा स-सस्त्र प्रहरी आगो बालेको ठाउँमा तैनाथ थिए। त्यतिकैमा एक हुल केटाहरु हाम्रो गाडी भएतिर आक्रोशित भएर आए। त्यस मध्य टोलिका नाइकेले भन्दै थियो- ” पहेँलो प्लेट हो, केटा हो, यो गाडीलाई छोड्नु हुन्न।”

सबैले हाम्रो गाडीमा डाङ डुङ खुट्टाले र ढुङ्गाले हान्न थाले। त्यतिकैमा स-शस्त्र प्रहरिका जवान हाम्रो सुरक्षार्थ आए। ड्राइभरले हुत्याएर गाडी बचाउँदै अगाडि लाग्यो। बाल बाल बचियो, धन्न गाडीको सिसा फुटेको थिएन। म ढुक्क भएँ र एकै सासमा हामी बर्दिबासबाट बिरगन्ज आयों। राती १० बजे बिरगन्ज पुगेपछी मैले चयनको सास फेरें र यस अबिशमर्णिय यात्रालाई बिसर्जन गरेँ।

समाप्त

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग १)

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग २)

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग ३)

बीरगन्ज – जनकपुर – बीरगन्ज, बन्दिको यात्रा (भाग ४)

Pin It

Leave a Reply

Your email address will not be published. Required fields are marked *