हे भगवान यो सानो जूनीमा के के मात्र थाहा पाउनु?
अज्ञानता जीबनको अध्यारो हो भन्छन् भने ज्ञानको प्रकाश त महसागर हो। अब यो रिपोर्ट आँफै बुझ्न के ५ बर्ष तपस्या गरेर मेडिकल डाक्टर बन्नु त? समस्या सानो थियो तर अत्यन्त प्यारो चिज भएकोले कुनै सम्झौता गर्ने कुरा थिएन। रिपोर्ट पाउने बितिकै डाक्टर साबको क्लिनिकमा सबै बिरामी जस्तै लाईनमा बसिरहदा घरी घरी रिसेप्सनका नर्शमा आँखा घुमाउदा बातावरण पत्यार लाग्दो भएन। कारीब १ घण्टा पछी सेतो लुगा लगाएको दिलको डाक्टर सँग साक्षातकार भयो। त्यसपछीको वार्तालाप यस प्रकारको थियो:
म: नमस्कार डाक्टर साब!
डाक्टर: नमस्कार बसनुस्!
म: सर यो,,, ( रिपोर्ट दिदै )
डाक्टर: यो कस्को रिपोर्ट हो, तपाईको?
म: हो सर ।
डाक्टर: कस्तो छ अहिले (५ मिनेट रिपोर्ट अध्ययन पस्चात, गम्भिर हुँदै )
म: छाती भारी भएर आउंछ। राती निद्रा लाग्दैन। बिहान चाडै उठछु। दिउसो आँखा पोल्छ।
डाक्टर: कती दिन भयो?
.
.
.
.
बाँकी अर्को पटक