«

»

Sep 30

म एक किशानको छोरा “ज्यापु”

kisanयो आधुनिक समयको एक कर्मचारी तर यो कालो कोट भित्र लुकेको छ एउता किेशानको छोरा।
मधेशको आन्दोलन कति ठिक कति व्यठिक यो इतिहास र समयले हमिलाई छोड्ने छैन। वन्दकर्ता को हुन, किन गर्यो यो समय सान्दर्भिक राजनितिक विषय भएको छ। वन्दले भाडाक गाडीहरु फाटफुट तर खचाखच भरिएको उपलव्दनै छन्। रातौरात खतिएर ३ लिटर पट्ररोल पाइरहेकै अवस्था छ। सर्वसाधारणको घरमा ग्याँस र ट्याँकरको पानीको समस्याले पिरोलेको छ। यि बिचारलाई अक्षरमा रुपान्तरित गरिरहदा हिन्दि शिरियल हेर्न नपाएर छटपटाएको महिला सहकर्मीको आवाज मेरो कानमा ढक् ढक्यायो ” ठूलो संग जोडि खोज्न हुदैन, मिलेर गए भैहाल्यो नि”। यो टिप्पनीको जवाफ दिने मेरो हैसियत छैन नत वन्दसंग हामि कदापि हामी झुक्दैनौ भन्ने हाम्रा नेताहरुको उद्घोषको।
मानिसलाई कथिनाइले एकजुट तुल्याउछ र यो एकजुतको आधार आज राट्रीयता भएको छ। यो कठिनाइको घडिमा आम जनताको आम आवश्यकता जुताउन लागिपरेको छ। घरमा ग्याँस, चामल, दाल जस्ता अतिआवश्यक समग्रीहरु भन्दारण गर्न प्रत्यक सदस्य लागी परेको छ। घन्टौ लाइन वसेर पेट्ररोल, डिजेल लिन परेकाले ढुवनीको समस्या देखिएको छ। “जारमा पानी छैन?” सोध्दै सगैको कोठाका सहकर्मी हाम्रो कोठामा आइपुग्यो। दिनहू १ जार पानी चाहिन्छ, जुन छैन अफिसमा। भोलेदेखि घरवाटै ल्याउने मनस्थिति बानाउधे छु।
हामी उपभोगि मानसिकताको सिकार भएका छौ। उपत्यका उपभोगि मानसिकताको राजधानी भएको छ। गाँउको मानिसलाई यस वन्दको केहि असर परेको छैन। ऊ एक उत्पादक हो उसलाई के को चिन्ता?
भैसेपाटि जस्तो आधुनिक आवासको क्षेत्र भित्र हाम्रो पनि एउटा घर छ। २/३ आनामा हटाइ नअटाइ घर बनाउने हाम्रो बा्ध्यता तथा सपना हो। ठुलो जग्गा भइहालेपनि तरकारी बारी बनाउन भन्दा पनि गार्देन बनाउन हामी लागि पर्छौ। घरको फोहरलाई पैसा तिरेर फाल्दा हामी ठूलो थान्छौ। यस्तै मानसिकताले ल्याएको बिकराल चुनौटि बिच म मेरो बुवालाई अहिले सम्झदै छु। दिन भरि ४ आनाको वारी सिजका थरि थरि तरकारी तथा फलफुलमा उहाँको दिन वित्छ। छोरा छोरीलाई भन्दा पनि कौसिमा पालेका कुखुरालाई मायाले खुवाउनु हुन्छ। जैविक खेटिको आधुनिक चलन ऊहाँको परम्परागत दैनिकि भएको छ। यसै विच आमासँग देशको वर्तमान स्तथतिको चर्चा चल्यो। “आमा अव ज्याँस पाइदैन के गर्ने्” उहांको सरल जवाफ “खेतका दाउरा वाल्ने, खाना पकाउने”। धन्य छन् मेरा माता पिता र घन्य छन् मेरा किशान नगरिकहरु जो उत्पादक हुन उपभोगि होइनन्।
बिकासको रासायनिक मल हो उपभोगि मानसिकता र यसको मेरुदण्ड हो उत्पादन।
Pin It

Leave a Reply

Your email address will not be published. Required fields are marked *