दिलको डाक्टर साव,
भ्रमण ब्यवस्थापन गर्ने चाँजो पाँजो मिलाउदै गर्दा के थाहा थियो र? हामी हाम्रो भावी जीबनको पनि आधारसिला तयार गर्दै थियौं। यो भोटे ताल्चाले बन्द गरी राखेको मनको ढुकुटीको तिमि स्वप्न चाबी भै दियो र म तिम्रो सामु खोला सारी सरर.. बग्न पुगें। म गम्भीर, तिमि चन्चल कति अमिल्दो, तर यि दुईको सम्रिश्रणले जीवन कति रमणिय र सम्पूर्णताले भरीपूर्ण।
ममा केही अभाव खडकिएको सधैं महसुस गर्छु। सोही अभाव तिम्रो निश्चल सौन्दर्य, कोमल मुस्कान र मधुर बोलिले पुरा गरेको महसुस हुन्छ।
शब्दहरु लेखिरहदा मेरा हातहरु कापिरहेका छन, धड्कन धड्कीरहेका छ, अनि मष्तिष्कमा भावुक्ता ,अन्यौलता र विवशताले सताइरहेका छन् । विक्षिप्त मनलाई समाल्दै शब्दहरु ओकल्दै छु ।
आफ्नै भनि, सम्झे पनि, जुधाएर, आँखा सिधै
अमुल्य त्यो, तिम्रो रूप, हेर्न गाह्रो, हुँदो रैछ ।
प्रेशक
रावण



