मनको आवाजले आज फेरी मेरो मनको ढोकामा दस्तक दिएको छ। मेरो मनको आवाजलाई सुनेर मन पराउने सम्पूर्ण शुभ चिन्तकहरुलाई धन्यवाद।
तरँगित मनले धेरै सोचें किन मनले किन FFC(Far Field Communication) गर्छ। Resonance हुन दुई ब्यक्तिको मनले एउटै सोच्न जरुरी हुन्छ। यदी सोच सुखान्त हो भने बिच मरुभुमिमा पनि मनिसले न्यानो सितलता प्राप्त गर्दछ अन्यथा स्वर्गमै भएपनि काडाँ सारी बिज्छ उक्त पलहरु। यस अर्थमा मन एन्टिना र यसको रिसिभर मुटु हुनुपर्छ। इन्टरनेटमा धेरै खोज पस्चात एउटा रोग फेला पारियो, Myopia । जब मुटुको धडकन धेरै तेज हुन्छ त्यस बेला रगतले शुद्धिकरण हुन चाहिने मात्राको अक्सिजन पाउन सक्दैन, फलस्वरुप मुटु चलाऊने ईन्जिनले आवश्यक ईन्धन नपाउनाको पारीणाम हो छाती भारी हुनु र छाती पोल्नु।
यहाँ मुख्य कुरा त मुटुको धड्कन किन तेज हुन्छ? एन्टिना र ईन्जिनको सम्बन्ध के हो? भन्ने नै हो।
जीवनलाई धेरै कुरा डोहोर्याएको हुन्छ। त्यस मध्य आज किन हो किन कर्तव्य, दायित्व र ईच्छा यी तीन सव्दले मेरो वाटो छेकेको देख्दैछु। कर्तव्य सामाजिक, दायित्व ब्यवसायिक र ईच्छा मानसिकका प्रतिबिम्भ हुन।
घर नगएको पनि धेरै भाईसकेको थियो र माघ महिना पुरै बिरगन्ज बस्ने योजनामा थिएँ तर मेर हितैशी मित्रहरु मलाई बिरगन्जमै भेट्न आईपुगे। यहाँ मैले कर्तब्यको पालना गरी पुरा बिरगन्ज घुमाइ सकेपछी कुलेखानी सम्म संगै जाने कुरामा हामी सहमत भयोँ। कुलेखानी पुग्दा नपुग्दै ईच्छा भयो कि म पनि काठमाण्डु जाउं, मात्र २ घण्टाको बाटो। ईच्छा प्रियजनहरुलाई आकश्मिक भेट्ने र उनीहरुको अनुहारमा आउने अवान्चित प्रतिकृयाको। यहाँ एउटा अद्रिष्य आकर्षणले मलाई काठमाण्डु तानेर लाग्दै थियो र मेरा साथका साथीहरु पनि यो कुरामा धेरै प्रशन्न देखिन्थे। आकर्षण र ईच्छाको सम्रिश्रण यति मोहक हुन्छ कि उक्त बेला मानिस लाचार, बिबस हुन्छ, हाम्रो चलन चल्तीको भाषामा लत्थपर्नु (Hypnotized) । त्यतिकैमा मेरो यो सपनाको बीचमा मेरो दायित्व पर्खालका रुपमा खडा भयो। दायित्व अफिसको, दायित्व मेरो पदको, दायित्व त्यो निदयी समयको। प्रतिकृया बिहिन त्यो सुन्य क्षणमा टोलाएर फेरी एक पटक कर्तब्य, दायित्व र ईच्छालाई केलाउन थालें। कर्तब्य र दायित्व आफ्नो बसमा हुन्छ र यो जती अर्को ब्यक्तिसँग सम्बन्धित हुन्छ उतिनै सहज हुन्छ। ईच्छा जब अरु सँग जोडीएको हुन्छ त्यस बेला निर्णय लिन धेरै गार्हो पर्दछ। ईच्छाको intersection ले मानीसलाई अभिमन्युको चक्रव्युहमा धकेल्छ, जहाँबाट सास गए पछी मात्र लाश निस्कन सक्दछ।
यति सोची दायित्वको आढमा मैले मेरा ईच्छाहरुको हत्या गरें र काठमाण्डु नजाने निर्णय गरें।