के मनमा चलेको भुकम्पलाई भौतिक कम्पन्नले शान्त गर्न सक्छ?
हरेक मानिसको मन आफैम एउता ब्रम्हान्द् हो। यसका ग्रह नछेत्रहरुको चाल अनुशार मानिस रमाउन्छ, सघंर्श गर्छ र हार जितको भुमरीम पौदि खेल्दै जीबनलाई दोहोर्याउन्छ। बि सं २०६८-०६-०१ आइतबार साँझ यस्तै संघश मनमा चलिरहदा बासतबमै भुकम्पको कम्पन्न सुरु भयो। मानसिक रुपमा कम्पित मनमा बाहिय कम्पन्नले थप उर्जा दियो। बेचेन मन एक छ्यनका लागि त्रसित र भयेभित भयो। आफु र आफ्नो मात्रै सोच्ने हरेक मनले आफ्ना प्रियेजन र अरुको बारेम सोचेको देख्दा एउता निश्कर्श निकल्न कर लाग्यो। मान्छेलाई एक पार्ने कदी हो समस्या र चुनौती। जस्तै कि पानी बग्न खोज्छ, छुत्तिन खोज्छ तर सोहि पानीलाई चिसो बनाई सन्घर्श को ज्वालामा होमेपछि त्यो बरफ भएर एक धिक्का भई आपसमा हातेमालो गर्दछ।
Dediacted to Bishal Son of my best friend



1 comment
Satish
October 30, 2011 at 7:19 am (UTC 0) Link to this comment
Like the statement:
मान्छेलाई एक पार्ने कदी हो समस्या र चुनौती।