मन त थिएन तर जानै पर्यो, हाकिमले बोलाएर भोलिवाट सुदुर पश्चिमको क्षेत्रमा माटो परिक्षण गर्न निर्देशन बक्श भयो। नेपाल खाल्टोमा बसेको म वुटवल भन्दा पश्चिम गएको थिइन। ठाउँ धेरै भएकाले आकाशे मार्ग बिकल्प थिएन, गाडि लिएर जाने निष्कर्शमा अफिसको काम सकाइ घर तिर लागियो।
दिन १ः
मोवाइल निकाले घरवाट धनगढी सम्मको जानकारी हेर्दै के थिए, मोवाइल बज्यो। “हामि बन्दै गरेको हस्पिटल अगाडि आइपुग्यौ” स्वर सुने सुनेकै जस्तो थियो। आफ्नो सामानलाई ब्यागमा अटाइ नअटाइ राखि भैंसेपाटीमा दगुरेर गए। वाटोको संग ड्राइभर र आठौ तहको सहकर्मी साथी शिभ खनाल थिए। गाडि भित्र कागजको कार्टुनमा अतरिया र नेपालगन्ज पुर्याउन पर्ने सामान थिए। बिहानको ८ सामान्य भेटघाट, हाइ हेल्लो र देखादेख मात्र हुने ति सहकर्मी र मेरो शुदुर पशचिमको यात्रामा शुरु भयो।
एक हप्ताको कार्यक्रम बनाउदै कलंकी पुग्दा खनाल बन्दुले मेरो ससुरालीको कुरा निकाल्यो। म अच्चममा परें, बुढिले छिमेकीमा बस्ने मेरो अफिसको कर्मचारीको कुरा समय समयमा निकाल्थो तर अफिस ठुलो भएकाले उहाँलाई मैले छिनेको थिएन। तत् पश्चात यात्रा सँग सँगै हाम्रो सम्वन्ध झन गहिरो हुदै गयो। दाउन्नेमा खाना खाएर करिव १ वजेतिर वुटवल पुग्यौं। अवको वाटो मेरो लागि नौलो थियो त्यस कारण मेरा आँखा र कान सतर्क भए। शिवजीले वाटो र त्यस वरपरको जानकारी दिदै हाम्रो यात्रा अगाडि बध्दै गयो। हाम्रा सामु ३ बिकल्प थिए। ढिला भएपनि अतरिया पुग्ने, ठिक समयमा गर्मी ठाँउ नेपालगन्ज र समय अगाडि डाङ्ग। म अतरिया पुगौं भन्ने, ड्राभर नेपालगन्जमा गर्मी हुन्छ त्यहाँ नबस्ने भन्ने, शिवजी डाङ्ग जाउँ भन्ने। अन्ततह हामी डाङ्गमा वस्ने निर्णयमा पुग्यौ र डाडाँ चढ्न थाल्यौ।
डाङ्ग, काठमाडौ जस्तै उपत्यका, पुर्व पश्चिम लामो शहर। त्यो ठाउँ किन यस्तो विकशित भन्ने मेरो मनमा उठिरयो। बजार, बसपर्क, होटेल, सन्चार, बाटो सवले भरिपुर्ण काठमाडौ जस्तै। “किरणजी यहाँ जग्गा लिने हो” शिवजिले मेरो एकान्तता भङ्ग गर्दै सोधे। “कति पर्छ?” मैले सोधें। “धुरको १ पर्छ” जवाफ आयो। मन मनै हिसाब गर्न लागे, कम्तिमा १० धुर घर बनाउन त्यस हिसाबले १० लाख। “महंगो छ” मैले जवाफ दिए। हेटैडामा १० धुरको ७ यहाँ किन १० त्यो पानि यति टाढा ? ……
क्रमश